पक्राउ परेका ओली र लेखकको रिटमाथि अदालतमा छलफल

पक्राउ परेका ओली र लेखकको रिटमाथि अदालतमा छलफल

२३ चैत, काठमाडौं — केपी शर्मा ओली र रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आज पनि जारी रहेको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उक्त रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको थियो, जुन आज पनि सोही इजलासमा अगाडि बढिरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो। त्यसै आधारमा दुवै जनालाई चैत १४ गते बिहान पक्राउ गरिएको हो। ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकका तर्फबाट पत्नी यशोधा थापाले बन्दी…
Read More
संसद् कार्यप्रणाली सुधार्न नयाँ नियमावली बनाउने निर्णय

संसद् कार्यप्रणाली सुधार्न नयाँ नियमावली बनाउने निर्णय

२३ चैत, काठमाडौं — प्रतिनिधिसभाको कार्यप्रणाली सुधार गर्न सर्वदलीय बैठकले नयाँ नियमावली तयार गर्ने निर्णय गरेको छ। संसद्को कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज बसेको बैठकले विद्यमान प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गर्न मस्यौदा समिति गठन गर्ने निष्कर्ष निकालेको हो। त्यसैगरी, बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय पनि गरेको छ, जुन व्यवस्था नियमावलीमै उल्लेख गरिएको छ। साथै, संसद्को कामलाई क्रमशः डिजिटल माध्यमतर्फ लैजाने विषयमा पनि सहमति भएको छ।
Read More
अमेरिकी सेनाको जोखिमपूर्ण अपरेसन सफल

अमेरिकी सेनाको जोखिमपूर्ण अपरेसन सफल

२३ चैत, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक संवेदनशील सैन्य घटनाका कारण शुक्रबार रात निकै तनावपूर्ण अवस्थामा बिताए। उनी ह्वाइट हाउसको ओभल अफिस र वरपर निरन्तर आवतजावत गर्दै घटनाबारे अपडेट लिइरहेका थिए। त्यस दिन इरानमा अमेरिकी F-15E लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो, जसमा रहेका दुई चालक दलका सदस्य पनि इरानी भूमिमा खसेका थिए। अमेरिकी इतिहासमा झन्डै दुई दशकपछि यस्तो घटना भएको हो। दुईमध्ये एक जनालाई तत्कालै उद्धार गरिएको थियो भने अर्का कर्नेल दर्जाका अधिकृत सम्पर्कविहीन भएका थिए। उक्त सैनिकलाई खोज्न इरानले व्यापक खोजी अभियान थालेको थियो। सरकारी सञ्चारमाध्यममार्फत उनलाई पक्राउ गर्न आह्वान गर्दै पुरस्कार घोषणा गरिएको थियो, जसले गर्दा…
Read More