सीमा विवादबारे उठेको विषयमा सरकार र दलहरूसँग संवाद गरिरहेको छु : सभामुख अर्याल

१९ जेठ, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले नेपाल–भारत सीमा विवादसम्बन्धी विषयमा प्रतिनिधिसभामा उठेका प्रश्नबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकार र विपक्षी दलहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा बोल्दै नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका थिए। त्यसक्रममा उनले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको टिप्पणी गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्य सार्वजनिक गर्नुपर्ने र माफी माग्नुपर्ने माग राख्दै संसदमा निरन्तर विरोध गरिरहेका छन्।

मंगलबारको बैठकमा युवराज दुलालले सीमा सम्बन्धी विषयलाई अत्यन्त संवेदनशील र राष्ट्रिय महत्वको विषय भन्दै उच्चस्तरीय राजनीतिक छलफल आवश्यक रहेको बताएका थिए। उनले सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्दै विषयको निकास खोज्न पहल गर्नुपर्ने मागसमेत गरेका थिए।

विपक्षी दलहरूले सभामुखलाई समेत विषयमा जोड्न खोजेपछि सभामुख अर्यालले स्पष्टिकरण दिएका हुन्। उनले सांसदहरूले उठाएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको र सरकारले पनि त्यसलाई गम्भीरतापूर्वक लिएको विश्वास व्यक्त गरे।

‘माननीय सदस्यहरूले उठाउनुभएको विषयमा सरकारसँग संवाद भइरहेको छ। विपक्षी दलका नेताहरूसँग पनि निरन्तर छलफल भइरहेको छ र यस विषयलाई निष्कर्षमा पुर्‍याउने प्रयास जारी छ,’ सभामुख अर्यालले भने।

साथै, सीमा विवादभन्दा बजेट कम महत्वपूर्ण छ भन्ने आशय आफ्नो नभएको पनि उनले स्पष्ट पारे। संसदको कार्यसूचीअनुसारका विषय अगाडि बढाउन आग्रह गर्दै उनले सांसदहरूले उठाएका विषयमा समानान्तर रूपमा संवाद जारी रहने बताए।

तर, सभामुखको आग्रह विपक्षी दलहरूले स्वीकार गरेनन्। त्यसपछि सभामुखले राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी सूचना सभामा सुनाए र बैठक स्थगित गरे।

प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बस्ने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर...
राष्ट्रिय सभाको बैठक आज, बजेटमाथि छलफल सुरु हुने

राष्ट्रिय सभाको बैठक आज, बजेटमाथि छलफल सुरु हुने

२० जेठ, काठमाडौं — संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक मध्याह्न १२:१५ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रि...
निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

२० जेठ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो सार्वजनिक कार्यक्रममा बुधबार सहभागी हुँदै...
सीमा विवादसम्बन्धी अभिव्यक्तिमा संसद् तात्यो, सभामुखसँगै विपक्षीको सवालजवाफ

सीमा विवादसम्बन्धी अभिव्यक्तिमा संसद् तात्यो, सभामुखसँगै विपक्षीको सवालजवाफ

१९ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा जारी गतिरोध मंगलब...