२०८३ जेष्ठ १९
२०८३ जेष्ठ १९
१९ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा जारी गतिरोध मंगलबार सभामुख डोलप्रसाद अर्याल र विपक्षी सांसदहरूबीच प्रत्यक्ष सवालजवाफसम्म पुगेको छ। विपक्षी दलका सांसदहरूले संसद् ‘जबरजस्ती’ सञ्चालन गरिएको आरोप लगाएपछि सभामुखले कार्यसूची अघि बढाउन आग्रह गरेका थिए। तर विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएसम्म सदन सञ्चालन हुन नसक्ने अडान दोहोर्याए। दिउँसो १ बजेका लागि बोलाइएको बैठक दुई बज्न दुई मिनेट बाँकी छँदा सुरु गरिएको थियो। कानुनी व्यवस्थाअनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए बैठक स्वतः स्थगित हुने भएकाले समयसीमाभित्रै बैठक प्रारम्भ गरिएको थियो। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठे। सभामुख अर्यालले विगत…