राष्ट्रिय सभाको बैठक आज, बजेटमाथि छलफल सुरु हुने

२० जेठ, काठमाडौं — संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक मध्याह्न १२:१५ बजेका लागि बोलाइएको छ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको विवरण सभालाई जानकारी गराउने कार्यसूची रहेको छ।

त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सोही प्रस्तावमाथि राष्ट्रिय सभामा बजेटको सिद्धान्त, प्राथमिकता र विभिन्न क्षेत्रगत कार्यक्रमबारे सामान्य छलफल सुरु हुने कार्यसूची छ।

बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

बजेटमाथिको छलफल र वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक राष्ट्रिय सभाको आजको बैठकका मुख्य एजेन्डा रहनेछन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर...
राष्ट्रिय सभाको बैठक आज, बजेटमाथि छलफल सुरु हुने

राष्ट्रिय सभाको बैठक आज, बजेटमाथि छलफल सुरु हुने

२० जेठ, काठमाडौं — संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक मध्याह्न १२:१५ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रि...
निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

२० जेठ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो सार्वजनिक कार्यक्रममा बुधबार सहभागी हुँदै...
सीमा विवादसम्बन्धी अभिव्यक्तिमा संसद् तात्यो, सभामुखसँगै विपक्षीको सवालजवाफ

सीमा विवादसम्बन्धी अभिव्यक्तिमा संसद् तात्यो, सभामुखसँगै विपक्षीको सवालजवाफ

१९ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा जारी गतिरोध मंगलब...