२०८३ जेष्ठ २०
२०८३ जेष्ठ २०
२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा दुवै देशको साझा हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको जनाइएको छ। भेटवार्ताका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। भारत भ्रमणमा रहेका लामिछानेलाई सोमबार भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा स्वागत गरिएको थियो। भाजपा अध्यक्ष नितिन नवीनले उनको स्वागत गरेका थिए। मंगलबार नै लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भाजपाको निमन्त्रणामा रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते पाँचदिने भारत भ्रमणका लागि गएको हो। प्रतिनिधिमण्डलमा लामिछानेकी पत्नी…