देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुग्यो, हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण

१८ असोज, काठमाडौं – देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ ।

केही दिन अघि पानी परेका कारणले डेंगी संक्रमण बढेको उनले बताए । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको छ । डेंगीको संक्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी
डेंगीको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ ।

कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, वाग्मतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेंगी संक्रमण देखिएको छ ।

उपत्यकामा दुई हजारभन्दा बढी
उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेंगी संक्रमण देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा डेंगी संक्रमण देखिएको छ ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *