नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको बेलायत भ्रमणमा: संसद् भवनको विशेष कार्यक्रममा सम्वोधन गर्ने

२६ पुस, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला बेलायत पुगेका छन्। इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला लन्डन गएका हुन्।

बिहीबार राति १०:३० बजे लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएका कोइरालालाई नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका थिए। विमानस्थलमा उनले आफू एक सांसदको हैसियतमा बेलायत भ्रमणमा आएको र यस अवसरमा बेलायती सांसद तथा नेताहरूसँग भेटघाट गर्दै अनुभव आदानप्रदान गर्ने बताए।

नेपाली समुदायलाई समृद्धिका लागि भूमिका खेल्न आग्रह
कोइरालाले बेलायतस्थित नेपाली समुदायलाई नेपाल-युके सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न अनुरोध गरे। उनले नेपाली समुदायलाई आफ्नो देशको समृद्धिमा साथ दिन आग्रह गर्दै उनीहरूलाई देशका “राजदूत”का रूपमा प्रस्तुत हुनुपर्ने बताए।

कांग्रेसको मूलभूत मूल्यप्रति चिन्ता
एक प्रसंगमा कोइरालाले नेपाली कांग्रेसको मूलभूत मूल्य (कोर भ्यालु) खस्किएकोप्रति चिन्ता व्यक्त गरे। उनले यसबारे सोच्न र पार्टीलाई सुदृढ बनाउन आवश्यक रहेको बताए।

बेलायत भ्रमणको कार्यक्रम
कोइरालाले आगामी जनवरी १३ मा बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको एक विशेष कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रममा बेलायती विदेश राज्यमन्त्री, उद्योग वाणिज्य मन्त्री, सांसदहरू, र नेपाली समुदायका प्रतिनिधिको उपस्थिति रहनेछ।

नेता कोइरालाले एक हप्ते भ्रमणका क्रममा बेलायती राजनीतिज्ञहरूसँग भेटघाट गर्नेछन्। साथै, लन्डनलगायत विभिन्न स्थानमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो उनले लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। शुक्रबार साँझ साउथ ह्यारोमा उनलाई नागरिक अभिनन्दन गरिनेछ।

जनवरी ११ मा क्याम्ब्रिज र जनवरी १२ मा साउथ इष्ट लन्डनमा हुने कार्यक्रममा उनले सहभागी हुनेछन्। जनवरी १४ मा प्लमस्टिडस्थित गोर्खा क्याप्रीकनमा हुने ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोइरालाको सहभागिता रहनेछ।

नेता कोइराला जनवरी १६ मा नेपाल फर्किने तय भएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

१२ असार, काठमाडौं — अस्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘डी’ अन्तर्गत अमेरिकाको सान फ्रान्सिस्को बे...
रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

१२ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फ...
महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

११ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। ९९ जना के...
चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...