नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा यात्रु बस पहिरोले बगायो

Advertisement

२८ असार, काठमाडौं – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा यात्रु बस पहिरोले बगाएको छ ।

शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाएर नारायणी नदीमा पुर्याएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरो खसेर वीरगन्जबाट काठमाडौं आउँदै गरेको गाडी बगाएको हो । उक्त गाडीमा २०/२१ यात्रु रहेको प्रहरीको भनाइ छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स नामको बसमा करिब ४१ जना यात्रु सवार थिए । पहिरोले बगाउँदा गाडी नारायणी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी वल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार ७ जना गोताखोरको टोली खोज तथा उद्धारका लागि परिचालन भएको छ । यात्रुको अवस्था अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...
कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्य...