प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा गलत सूचना दिए: एमाले सचिव योगेश भट्टराई

Advertisement

२८ असार, काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा गलत सूचना दिएको दाबी गरेको छ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेपछि छलफलमा भाग लिँदै एमाले सचिव योगेश भट्टराईले प्रचण्डले आक्रोश पोखेको बताएका हुन्।

उनले भने,‘प्रधानमन्त्रीले सदनमा दिएको वक्तव्य सुन्दा आफू कहिले पनि रोस्टममा प्रधानमन्त्रीको हैसियतले अब फेरि भाषण गर्ने दिन फर्किदैन कि भन्ने जस्तो मलाई महसुस भयो। माया पारेको जस्तो पनि मैले महसुस गरे। उहाँ प्रधानमन्त्रीको पदबाट बिदा भइरहँदा उहाँ संसदको सदस्य र पार्टीको नेता कायम नै हुनुहुन्छ। उहाँको जवाफदेहिता आजको मात्र हुँदैन। बाचुञ्जेल जवाफदेहिता बोक्नुपर्छ भनेर बोलेको भए हुने थियो।’

भट्टराईले देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस र एमाले एक ठाउँमा आइपुगेको दाबी गरे। एमाले र कांग्रेस सात दशक अगाडिदेखि राजनीतिक संघर्षको इतिहासबाट आएको बताउँदै भट्टराईले दुई दलको अगुवाईमा ठूला ठूला परिवर्तन आएको उल्लेख गरे । उनले प्रचण्डलाई आफूलाई अनुकुल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को व्याख्या नगर्न चेतावनी दिए।

भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार रहेको नबिर्सन आग्रह गरे। उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार हुनुहुन्थ्यो। एक जना मस्यौदाकार एमालेको तर्फबाट उहाँ हो। शेरबहादुर देउवा पनि थुनामा हुनुहुन्थ्यो १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्नु भएको होइन र ?’

संविधान निर्माण र राजनीतिमा माओवादीको योगदान भएकाले नै संसदमा माओवादी भएको बताउँदै उनले ठूला ठूला हिंसात्मक आन्दोलन बिलय भएको स्मरण गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...
कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्य...