रास्वपाले विधान संशोधनमार्फत नेतृत्व संरचना विस्तार गर्ने

काठमाडौं, असार ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअघि पार्टीको संगठनात्मक संरचना विस्तार गर्ने तयारी गरेको छ। यसअन्तर्गत थप पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव शनिबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरिएको छ।

पार्टी स्रोतका अनुसार प्रस्तावमा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता, एक सहप्रवक्ता तथा ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था समेटिएको छ।

यसअघि सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले ६ जना पदाधिकारी र २९ जना केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव अघि सारेको थियो। तर, त्यसमा थप संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी गरिएको हो।

केन्द्रीय समितिबाट प्रस्ताव पारित भएपछि पार्टी विधानको अन्तिम मस्यौदा तयार हुने बताइएको छ। त्यसपछि आइतबारदेखि सुरु हुने महाधिवेशनमा मनोनयनबाट पूर्ति गरिने पदबाहेक अन्य सबै पदका लागि निर्वाचनमार्फत नेतृत्व चयन गरिने निर्णय सचिवालयले गरिसकेको छ।

यसैबीच, बिहीबार बसेको सचिवालय बैठकले पार्टी विधानमा ‘वरिष्ठ नेता’ पद समावेश गर्ने निर्णय पनि गरेको छ। यसअघि विधानमा यस्तो व्यवस्था नभए पनि स्थानीय तह निर्वाचनअघि बालेन शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो। विधान संशोधन समितिको प्रारम्भिक प्रतिवेदनमा भने यो पद समावेश गरिएको थिएन।

सचिवालयले पार्टीको केन्द्रीय समितिको आकार पनि उल्लेखनीय रूपमा विस्तार गर्ने निर्णय गरेको छ। हाल १२१ सदस्य रहेको केन्द्रीय समिति बढाएर १५८ सदस्यीय बनाउने तयारी गरिएको छ। जबकि विधान संशोधन समितिले १३६ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको थियो।

यससँगै पदाधिकारीको संख्या पनि वृद्धि गर्दै १९ सदस्यीय बनाउने प्रस्ताव अघि सारिएको छ। प्रस्तावित संरचनाअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सहप्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष (एक महिला अनिवार्य) रहने व्यवस्था गरिनेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चिडियाखानामा बर्डफ्लु देखिएपछि आगन्तुक प्रवेश बन्द

चिडियाखानामा बर्डफ्लु देखिएपछि आगन्तुक प्रवेश बन्द

काठमाडौं, असार ५ — ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अर्को स...
रास्वपाले विधान संशोधनमार्फत नेतृत्व संरचना विस्तार गर्ने

रास्वपाले विधान संशोधनमार्फत नेतृत्व संरचना विस्तार गर्ने

काठमाडौं, असार ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअघि पार्टीको संगठनात्मक संरचना विस्तार गर्ने तयारी गरेको छ। यस...
चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक असार ११ सम्मका लागि स्थगित

चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक असार ११ सम्मका लागि स्थगित

५ असार, काठमाडौं — प्रतिनिधिसभाले सरकारले जारी गरेका चारवटै अध्यादेशलाई स्वीकृति दिएपछि संघीय संसद्को तल्लो सदनको बैठक आगामी असार ...
पहिरोले अवरुद्ध भयो बेँसीसहर–चामे सडक, मनाङ आवतजावत प्रभावित

पहिरोले अवरुद्ध भयो बेँसीसहर–चामे सडक, मनाङ आवतजावत प्रभावित

असार ५, काठमाडौं —  लगातारको वर्षापछि लमजुङको खरखरे क्षेत्रमा गएको पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछ...