संसदमा महावीर पुन : ‘व्यावहारिक रूपमा म जोगी नै हुँ’

४ असार, काठमाडौं — विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशप्रतिको लगावका कारण आफू सांसद र मन्त्री बन्न पुगेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

मन्त्री पुनले सुरुमा आफ्नो लगाव गाउँसँग रहेको र त्यही भावना विस्तार हुँदै जिल्ला र अन्ततः देशसँग जोडिएको बताए। यही यात्राले आफूलाई सांसद र मन्त्रीको जिम्मेवारीसम्म पुर्‍याएको उनको भनाइ थियो।

उनले आफू मन्त्री बनेपछि ‘जोगी’ भएको अनुभूति भएको पनि सुनाए।

संसदमा बोल्दै उनले ‘पिरतीले जोगी बनायो’ भन्ने पुरानो गीतको स्मरण गर्दै आफू पनि त्यही गीतले भनेझैँ देशप्रतिको प्रेमका कारण सांसद र मन्त्री बनेको बताए।

उनले आफू अमेरिका घुम्नका लागि नेपाल आएको बेला गाउँसँग लगाव बसेको, त्यसपछि त्यो भावना जिल्ला हुँदै देशभर फैलिएको उल्लेख गरे।

‘मेरो पिरती देशसँग बसेको हो। सुरुमा गाउँसँग बस्यो, त्यसपछि जिल्ला हुँदै देशसँग जोडियो। त्यसैले अहिले म जोगी भएको छु। व्यवहारिक रूपमा पनि म जोगी नै हुँ,’ मन्त्री पुनले भने।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चिडियाखानामा बर्डफ्लु देखिएपछि आगन्तुक प्रवेश बन्द

चिडियाखानामा बर्डफ्लु देखिएपछि आगन्तुक प्रवेश बन्द

काठमाडौं, असार ५ — ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अर्को स...
रास्वपाले विधान संशोधनमार्फत नेतृत्व संरचना विस्तार गर्ने

रास्वपाले विधान संशोधनमार्फत नेतृत्व संरचना विस्तार गर्ने

काठमाडौं, असार ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअघि पार्टीको संगठनात्मक संरचना विस्तार गर्ने तयारी गरेको छ। यस...
चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक असार ११ सम्मका लागि स्थगित

चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक असार ११ सम्मका लागि स्थगित

५ असार, काठमाडौं — प्रतिनिधिसभाले सरकारले जारी गरेका चारवटै अध्यादेशलाई स्वीकृति दिएपछि संघीय संसद्को तल्लो सदनको बैठक आगामी असार ...
पहिरोले अवरुद्ध भयो बेँसीसहर–चामे सडक, मनाङ आवतजावत प्रभावित

पहिरोले अवरुद्ध भयो बेँसीसहर–चामे सडक, मनाङ आवतजावत प्रभावित

असार ५, काठमाडौं —  लगातारको वर्षापछि लमजुङको खरखरे क्षेत्रमा गएको पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछ...