सुशासनसँग सम्बन्धित विषयलाई सरकारले दृढ बनेर अघि बढाएपछि सरकार ढालियो: माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे

२८ असार, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सुशासनसँग सम्बन्धित विषयलाई सरकारले दृढ बनेर अघि बढाएपछि सरकार ढालिएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा उनले भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीलगायत सुशासनसँग सम्बन्धित विषय सरकारले अघि बढाउन थालेपछि आजको अवस्था आएको बताए ।

उनले कांग्रेस–एमालेबीच षड्यन्त्रपूर्ण ढंगले सहमति भएको पनि बताए । उनले दुई दलबीच भएको सहमतिलाई अहिलेसम्म सार्वजनिक नगरिएको विषयमा प्रश्न पनि गरे ।

उनले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन सरकारले प्रयास गरे पनि विभिन्न अवरोध खडा गरेर पूरा हुन नसकेको बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक दल विशेषको नभएको भन्दै सबै मिलेर टुंगोमा पुर्‍यानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमा...
प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प...
सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भ...
नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

१२ जेठ, काठमाडौं — सर्वोच्च अदालतले नजिर वा कानुनी सिद्धान्तविपरीत फैसला गर्दैमा कुनै न्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउ...