२०८३ कार्तिक १२
२०८३ कार्तिक १२
११ कात्तिक, काठमाडौं — बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरिएको छ। यद्यपि, यसको प्रभावले नेपालमा भारी वर्षा र हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्। मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात नेपालसम्म आइपुग्दा समुद्री चक्रवातको जस्तो तीव्रतामा रहने छैन। तर, यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाका कारण भारी वर्षा हुन सक्ने सम्भावना छ। “अहिलेको पूर्वानुमानअनुसार लुम्बिनी र गण्डकीदेखि कोसीसम्मका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ,” मौसमविद् पोखरेलले भने, “विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टा बढी सचेत रहनुपर्ने देखिन्छ।” उनका अनुसार वर्षा हुने स्थान,…