सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे उक्त भेट तथा संवाद कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराइनेछ । साथै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने तथा सहकार्यका विभिन्न विषयमा पनि छलफल गरिनेछ ।

यसअघि पनि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमा...
प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प...
सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भ...
नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

१२ जेठ, काठमाडौं — सर्वोच्च अदालतले नजिर वा कानुनी सिद्धान्तविपरीत फैसला गर्दैमा कुनै न्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउ...