चोलेन्द्रलाई ‘सुरक्षित ठाउँ’ पठाइएको भनिएपछि परिवारको जिम्मा लगाइयो

Advertisement

११ असोज, काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ।

शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।

यसअघि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाइएको बताएका थिए। तर उनले ‘सुरक्षित ठाउँ’ कहाँ हो भन्नेबारे भने खुलाएका थिएनन्।

गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरेको थियो।

जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको थिएन। गेटमा करिब ४५ मिनेट कुरेपछि पनि भेट्न नपाएपछि आयोगको टोली फर्किएको थियो।

सरकारले जबरालाई पक्राउ गर्नुपर्नाको कारण भने सार्वजनिक गरेको छैन।

एसएसपी खड्काले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको बताएका छन्।

गएराति अपराध अनुसन्धान कार्यालय टेकुको टोली निवास पुगेपछि जबराले आफ्ना भाइ प्रभुशमशेरलाई फोन गरेर प्रहरी आएको जानकारी गराएका थिए। प्रभुशमशेरले पनि आज बिहान कुराकानी गर्दै ‘जेनजीहरूबाट थ्रेट छ भन्दै प्रहरीले दाइलाई पक्राउ गरेर लगेका’ बताएका छन्।

यद्यपि, कानुनका जानकारहरूले जबरालाई पक्राउ गर्न प्रहरीले अपनाएको शैलीमाथि प्रश्न उठाएका छन्।a

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

११ कात्तिक, काठमाडौं — बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुम...
एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...