एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

Advertisement

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्ने बताएका छन्।

मंसिर २ र ३ गते आयोजना हुन लागेको राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार बसेको बैठकमा बोल्दै पौडेलले एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्नेमा जोड दिएका हुन्।

राष्ट्रिय भेलामार्फत पार्टीका नेता तथा कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउँदै राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने उनले बताए।

“सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उपाध्यक्ष पौडेलले भने।

बैठकमा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालित हुन आग्रह गरे। उनले भेलाको सन्देश पार्टीका नेता–कार्यकर्तादेखि आम जनतासम्म पुर्‍याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि आह्वान गरे।

एमालेका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार राष्ट्रिय भेलामा कुल ३ हजार १६४ जनाको सहभागिता रहनेछ। भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्।

त्यस्तै, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लाबाट गरी जिल्ला तहका ४४० जनाको सहभागिता रहनेछ।

पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक–एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुने ढकालले जानकारी दिए।

भेलामा संघीय संसद्का ३५ जना, प्रदेशसभाका १५५ जना सदस्य तथा स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये १९६ जना मेयर र गाउँपालिका अध्यक्ष तथा ३४२ जना उपमेयर र गाउँपालिका उपाध्यक्ष सहभागी हुनेछन्। त्यसैगरी, विभिन्न जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

११ कात्तिक, काठमाडौं — बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुम...
एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...