संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो: गृहमन्त्री रवि लामिछाने

Advertisement

२८ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासकोे मतको प्रस्तावमाथिको छलफलमा उनले रातारात व्यपाारीको घरमा भएको दुई दलबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताए ।

“सहमति हुन सक्ला तर राष्ट्रिय सहमति कदापि हुन सक्दैन,” उनले भने, “एकाएक रातारात राष्ट्र र संविधानको चिन्ता कसरी भयो ? देशमा संकटकाल लागेको छ ? कतैबाट हमला भएको थियो ?”

मध्यरातिमा भएको सहमतिबारे कसैलाई जानकारी नगराएकोमा उनको आपत्ति छ । उनले संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो भन्ने तथ्य सहमतिपत्र आएपछि खुल्ने बताए । “जब अनुसन्धानको सुई कसैको ढोकामा ढक्ढक्याउन पुग्यो, त्यतिबेला संविधानको याद आयो ?,” उनले कांग्रेस र एमालेलाई प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...
कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्य...