लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

Advertisement

७ साउन, काठमाडौं – लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा एमाले संसदीय दलका उपनेता आचार्यले सोमबार दिउँसो कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको हस्ताक्षर पत्र सहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए ।

८७ जना सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद भए पुग्छ । लुम्बिनीमा पहिलो पटक ठूला दल एमाले र कांग्रेसको सरकार बनेको छ ।

आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद् हुन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...
कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्य...