बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

९ साउन, हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कांग्रेस संसदीय दलका नेता लामासहित मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि मंगलबार लामालाई शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । योसँगै लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन् । उनी तामाङ समुदायबाट मुख्यमन्त्री हुने पहिलो व्यक्ति पनि बनेका छन् ।

लामाले मुख्यमन्त्रीको शपथ लिएलगत्तै कांग्रेसका तीनसहित सत्तासाझेदार दल एमालेबाट नियुक्त भएका ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्रीसहित १३ जनाको मन्त्रीहरूले शपथ लिने भनिए पनि अन्तिममा आएर कांग्रेसका तीनजनाले मात्रै शपथ लिएका छन् ।

एमालेका तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री प्रकाश श्रेष्ठ, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के र श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले शपथ लिएका छन् ।

कांग्रेसबाट शपथ लिएका मन्त्रीहरूको जिम्मेवारी पछि तोकिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेसका तर्फबाट विनाविभागीयमन्त्रीका रूपमा कुन्दन काफ्ले, श्याम खड्का र मदुकुमार श्रेष्ठले शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

महत्वपूर्ण सडक परियोजना सञ्चालनको नजिक

महत्वपूर्ण सडक परियोजना सञ्चालनको नजिक

४ वैशाख, काठमाडौं — सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ...
विदेशी लगानीकर्ता घटे, भिसा सिफारिसमा पनि गिरावट

विदेशी लगानीकर्ता घटे, भिसा सिफारिसमा पनि गिरावट

४ वैशाख, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा कुल ४१ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। ...
खड्काको रिटमा सुनुवाइ जारी, आज शर्माको पालो

खड्काको रिटमा सुनुवाइ जारी, आज शर्माको पालो

४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा विपक्षी ...
कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

३ वैशाख, काठमाडौं — थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसोबास गरिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी ...