चिकित्सकहरुलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको निर्देशन

Advertisement

११ साउन, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ठूला अस्पतालका वरिष्ठ चिकित्सकहरु नै अस्पताल समयमा उपस्थित नहुने र कार्यालय समयसम्म नबस्ने प्रवृत्ति देखिएको भन्दै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल तथा स्वास्थ्य केन्द्रसँग शुक्रबार जुम मिटिङ गरी यस्तो निर्देशन दिएका हुन् ।

मिटिङमा वीर, टिचिङ, पाटनलगायत मुलुकभरका ठूला अस्पतालका निर्देशकहरु सहभागी भएका थिए । मन्त्री पौडेलले सामान्य शल्यक्रिया गराउन पनि एक वर्षसम्म पालो कुनुपर्ने भन्दै सबै मिलेर अस्पताल सुधारमा लाग्न आग्रह गरेका छन् ।

मिटिङमा सबै अस्पतालका निर्देशकहरुले आ–आफ्नो क्षेत्रबाट अस्पताल सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...
कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्य...