नेपाल सरकार र चीनबीच हालै भएको बीआरआई सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुकारुपमा टिकाटिप्पणी भइरहेको छ: परराष्ट्रमन्त्री डा. आरजु राणा

Advertisement

२२ मङ्सिर, काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क सम्झौतामा ऋण लिने विषय कतै उल्लेख नभएको स्पष्ट गरेकि छन् ।

नेपाल सरकार र चीनबीच हालै भएको सो सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुकारुपमा टिकाटिप्पणी भइरहेको उनको भनाइ थियो ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्ड्स् प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्, ‘हामीले बीआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेका हौँ, ऋण लिने भन्ने कुरा कतै छैन ।’

सो सम्झौताका बारेमा बुझ्दै नबुझी टिप्पणी भएको उनको भनाइ थियो । बीआरआई सम्झौताअनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सो सम्झौता अघि बढ्ने पनि उनले स्पष्ट पारिन ।

‘ऋण लिने भन्ने कुरा त लिने पक्षको मञ्जुरी र आग्रहमा हुने हो नि । हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबर्जस्ती गर्छ त ? त्यसैले सरकारले ऋण लिनेगरी सम्झौतामा हस्ताक्षर गर्‍यो भन्नु बचपना मात्र हो,’ राणाले भनिन् ।

नेपालले चीनसँग बीआरआई सम्झौताअन्तर्गत अनुदानमा परियोजनाहरू निर्माण गर्नेगरी हस्ताक्षर गरेको र त्यो पनि सुरक्षा या अन्य कुनै विषयमा नभएर ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’ अन्तर्गत सहमति गरेको उनले उनको दाबी छ ।

बीआरआईअन्तर्गत नेपालले चीनसँगको व्यापार, हवाई एवं स्थलगत कनेक्टिभिटी, पूर्वाधार निर्माण तथा आर्थिक सहायताजस्ता विषयलाई प्राथमिकतामा राखेको उनले बताइन् ।-रासस

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...
कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्य...