२०८३ जेष्ठ ३
२०८३ जेष्ठ ३
३ जेठ, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही दिशामा अगाडि नबढिरहेको बताएका छन् । आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमाथि विभिन्न प्रश्न र आशंकाहरू उठिरहेको भन्दै अहिलेको अवस्थामा समर्थन गर्न नसकिने बताएका हुन् । उनले सुकुम्बासी समस्या अझै समाधान हुन नसकेको र त्यो अहिले पनि गम्भीर विषयकै रूपमा रहेको बताए । साथै ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित मुद्दाहरू पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो । प्रचण्डले संविधान संशोधनका लागि सरकारले तयार गर्ने भनिएको बहसपत्र पनि स्पष्ट र पारदर्शी ढंगले अगाडि नआएको बताए । उनका अनुसार यो विषय…