प्रधानमन्त्री उपस्थित हुने विषयमा आज छलफल गर्ने सभामुखको भनाइ

प्रधानमन्त्री उपस्थित हुने विषयमा आज छलफल गर्ने सभामुखको भनाइ

३० वैशाख, काठमाडौं — सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेको विपक्षी दलको मागबारे प्रधानमन्त्री बालेन शाह उपस्थित हुने वा नहुने विषयमा आजै छलफल गर्ने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी रहेको जानकारी दिएका हुन्। सभामुख अर्यालले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने कार्यक्रम रहेको भन्दै आजै विपक्षीको मागबारे स्पष्ट जवाफ दिन नसकिने बताए। उनले भने, “आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्ने कुरा छ। त्यसकारण आज हामीले यसको प्रतिउत्तर वा जवाफ दिन भ्याउँदैनौँ।” सभामुखले प्रधानमन्त्री संसदमा उपस्थित हुन सक्ने वा नसक्ने भन्ने विषयमा तत्काल निर्णय दिन नसक्ने पनि…
Read More
धवलागिरि आरोहणको ६६ वर्ष, म्याग्दीमा विशेष समारोह

धवलागिरि आरोहणको ६६ वर्ष, म्याग्दीमा विशेष समारोह

३० वैशाख, काठमाडौं — धवलागिरि हिमालको पहिलो सफल आरोहण भएको ६६ वर्ष पुगेको अवसरमा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा आरोहण दिवस मनाइएको छ। ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीले बुधबार धवलागिरि हिमाल रहेको क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो। संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ अग्लो धवलागिरि हिमालको उचाइ ८,१६७ मिटर रहेको छ। यो हिमाल पहिलोपटक सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त टोलीले सफलतापूर्वक आरोहण गरेको थियो। म्याक्स आइसेलिनको नेतृत्वमा गएको उक्त टोलीमा नेपाली आरोही निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पासहित सात जना सदस्य सहभागी थिए। आरोहण दिवस कार्यक्रममा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन…
Read More
डोजर बिना नै अतिक्रमित वन क्षेत्र खाली गर्दै बासिन्दा

डोजर बिना नै अतिक्रमित वन क्षेत्र खाली गर्दै बासिन्दा

३० वैशाख, काठमाडौं — बर्दियाको मधुवन नगरपालिका–४ स्थित वन अतिक्रमण क्षेत्रमा बस्दै आएका स्थानीयले वन कार्यालयको सूचना पछि आफैं घरटहरा भत्काएर अन्यत्र सर्न थालेका छन्। ०६२/०६३ सालदेखि वेलवा चोक क्षेत्रमा रहेका दुई सामुदायिक वनको जमिनमा बस्दै आएका बासिन्दाले पछिल्ला चार दिनयता ४० भन्दा बढी घरटहरा हटाइसकेका छन्। यस क्रममा वन कर्मचारी, सुरक्षाकर्मी वा डोजरको प्रयोग गरिएको छैन। डिभिजन वन कार्यालय, बर्दियाले वैशाख १४ गते १५ दिनभित्र वन क्षेत्र खाली गर्न सूचना जारी गरेको थियो। त्यसपछि स्थानीयहरू स्वेच्छाले अतिक्रमित क्षेत्र छाड्न थालेको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए। उनका अनुसार त्यहाँ बस्ने धेरैजसो मानिस लामो समयदेखि पसल सञ्चालन गरेर जीविकोपार्जन…
Read More
पहिरो नियन्त्रणका लागि बल्ल टेन्डर प्रक्रिया सुरु

पहिरो नियन्त्रणका लागि बल्ल टेन्डर प्रक्रिया सुरु

२९ वैशाख, काठमाडौं — नारायणगढ–मुग्लिन सडक भएर काठमाडौं वा पोखरा यात्रा गर्नेहरूका लागि मुग्लिन नजिकको तुइनखोला पहिरो वर्षायाममा ठूलो समस्या बन्दै आएको छ । पछिल्ला दुई–तीन वर्षदेखि बर्खामा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुने र यात्रुहरूले सास्ती भोग्ने गरेका छन् । सुक्खा मौसममा पहिरो कम खस्ने भएकाले नियन्त्रणको काम पनि सुस्त हुने गरेको छ । तर लगातार वर्षा सुरु भएपछि तुइनखोलाको पहिरोले सडक बन्द गराउने समस्या दोहोरिने गरेको छ । यस वर्ष पनि पहिरो खस्न थालेपछि मात्रै पहिरो नियन्त्रणका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ । वैशाख २० गते बिहान सुक्खा पहिरो खसेपछि सडकमा केही समय एकतर्फी मात्रै सवारी सञ्चालन…
Read More
केशरमहलबाट सम्पत्ति जाँचबुझ आयोगको काम अघि बढ्दै

केशरमहलबाट सम्पत्ति जाँचबुझ आयोगको काम अघि बढ्दै

२९ वैशाख, काठमाडौं — नारायणहिटी दरबार संग्रहालय नजिक रहेको केशरमहलमा कार्यालय स्थापना गरेको सम्पत्ति जाँचबुझ आयोगले सार्वजनिक पदाधिकारीहरुको सम्पत्ति विवरण संकलन गर्ने काम सुरु गर्ने तयारी गरेको छ । आयोगले आफ्नै वेबसाइट निर्माण गरेर छानबिनको दायरामा परेका व्यक्तिहरूबाट अनलाइनमार्फत सम्पत्ति विवरण संकलन गर्ने योजना बनाएको जनाएको छ । आयोगका अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीका अनुसार सम्बन्धित व्यक्तिहरूले वेबसाइटमै आफ्नो सम्पत्ति विवरण पेश गर्न सक्ने व्यवस्था मिलाइँदैछ । आयोगलाई बहालवाला राष्ट्रपति, पूर्वराष्ट्रपति, न्यायाधीश तथा सैनिक अधिकारी बाहेक सहसचिव तहसम्मका कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिइएको छ । आयोगले पहिलो चरणमा २०८३ सालदेखि २०६२/६३ सालसम्मका सार्वजनिक पदाधिकारीहरुको सम्पत्ति अनुसन्धान गर्ने…
Read More
प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न प्रस्ताव पेश हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न प्रस्ताव पेश हुने

२९ वैशाख, काठमाडौं — प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल सरकार र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहयोग सम्बन्धी सम्झौता संसद्मा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री स्वर्णीम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम रहेको छ ।
Read More
‘एउटा फाइल गलत गरेको प्रमाणित भए राजनीति त्याग्छु’ : जगदीश खरेल

‘एउटा फाइल गलत गरेको प्रमाणित भए राजनीति त्याग्छु’ : जगदीश खरेल

२८ वैशाख, काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले उक्त प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति नै छाड्न तयार रहेको बताएका हुन् । खरेलले आफूलाई जोडेर प्रकाशित समाचारहरू भ्रामक, आधारहीन र नियोजित भएको दाबी गरे । उनले आफ्नो र पार्टीको छवि बिगार्ने उद्देश्यले यस्ता समाचार फैलाइएको आरोप लगाए । उनले सञ्चारमन्त्री रहँदा स्मार्ट टेलिकमका प्रतिनिधिसँग एक पटक पनि बैठक नगरेको स्पष्ट पारे । ‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर स्विजरल्याण्ड भागेको भन्ने समाचार अत्यन्तै निरर्थक…
Read More
एसईई परीक्षाफल आज साँझ वा भोलिसम्म सार्वजनिक हुने

एसईई परीक्षाफल आज साँझ वा भोलिसम्म सार्वजनिक हुने

२८ वैशाख, काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तर्गत प्राविधिक परीक्षण सुरु गरेको छ । परीक्षण सफल भएमा आज साँझसम्म नतिजा प्रकाशित गर्न सकिने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार अहिले प्राविधिक परीक्षण र आवश्यक छलफल भइरहेको छ । कुनै समस्या नआए आजै साँझ नतिजा सार्वजनिक हुन सक्छ, अन्यथा भोलिसम्ममा प्रकाशित गरिने तयारी रहेको उनले बताए । उनले सानो प्राविधिक समस्या आएमा नतिजा सार्वजनिक प्रक्रिया केही समयका लागि रोक्नुपर्ने अवस्था आउन सक्ने पनि उल्लेख गरे । यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन…
Read More
एमालेको समीक्षा बैठक बोलाउन भण्डारीको ओलीलाई सुझाव

एमालेको समीक्षा बैठक बोलाउन भण्डारीको ओलीलाई सुझाव

२८ वैशाख, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक छलफल गरेकी छन् । स्रोतका अनुसार भण्डारी आइतबार दिउँसो १ बजे गुन्डु पुगेर ओलीसँग दुई घण्टाभन्दा बढी समय सम्वादमा बसेकी थिइन् । स्वास्थ्य अवस्था बुझ्न पुगेकी उनले एमालेको आन्तरिक राजनीतिबारे पनि सुझाव दिएको बताइएको छ । भण्डारी निकट स्रोतका अनुसार उनले पार्टीभित्र पदाधिकारीदेखि कार्यकर्तासम्मले निर्वाचन समीक्षा बैठकको माग गरिरहेको भए पनि हालसम्म बैठक नबोलाइएको विषय उठाएकी थिइन् । उनले समीक्षा बैठक गर्न ढिलाइ नगर्न ओलीलाई सुझाव दिएकी बताइएको छ । ‘कार्यकर्तामा निराशा बढ्दै गएको छ, धेरै समय अन्योलमा राख्नु हुँदैन,’ भन्दै भण्डारीले बैठक चाँडै बोलाउन…
Read More
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

२८ वैशाख, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक बिहान साढे १० बजे बस्ने तय गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ । सरकारको नीति तथा कार्यक्रम आजै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
Read More