२०८१ असार १७
२०८१ असार १७
१७ असार, सर्लाही - आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बमजनले बाल यौन दुरूपयोग गरेको भन्दै अदालतले १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीकाे इजलासले साेमबार अभियुक्त बम्जन विरुद्ध त्यस्ताे फैसला गरेको हो । यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । आजकाे इजलासले पूर्ण फैसला गरेकाे हाे । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियाे । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले…