अवतरणकै बेला टर्किस विमानमा आगलागी, यात्रुको आपत्कालीन उद्धार

२८ वैशाख, काठमाडौं — काठमाडौंमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएको छ । आगो अहिले दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा रहेका सबै यात्रु सुरक्षित छन् । यात्रुहरुलाई आपत्कालीन ढोका खोलेर बाहिर निकालिएको थियो । विमानमा चार बालबालिकासहित २७७ जना यात्रु सवार रहेका थिए ।

आगो लागेपछि उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् । विमानमा केही शव र यात्रुका सामान पनि रहेको बताइएको छ ।

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको TK726 विमान आज बिहान करिब पौने सात बजे अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो ।

घटनापछि विमान धावनमार्गमै रोकिएकाले अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । विशेषगरी ठूला अन्तर्राष्ट्रिय जहाजहरुको नियमित उडान तालिकामा असर परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...