रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

आइतबार भएको उक्त विस्फोटपछि रेलका तीन वटा डिब्बा पटरीबाट बाहिरिएका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट निकै शक्तिशाली थियो । विस्फोटका कारण रेलवे ट्र्याक नजिक पार्क गरिएका धेरै सवारीसाधनमा क्षति पुगेको छ भने आसपासका घरहरूमा पनि असर परेको बताइएको छ ।

घटनापछि सुरक्षाका लागि सेना र प्रहरी परिचालन गरिएको छ । तर अहिलेसम्म अधिकारीहरूले विस्फोटको कारण वा हताहतको विस्तृत विवरणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।

रेलमन्त्री मुहम्मद हनिफ अब्बासीले घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।

रेलवे प्रवक्तामार्फत जारी विज्ञप्तिमा उनले क्वेटा क्यान्टबाट आइरहेको शटल ट्रेन चमन गेट नजिक विस्फोटमा परेको बताएका छन् ।

उनका अनुसार विस्फोटका कारण इन्जिनसहित तीन वटा डिब्बा पटरीबाट बाहिरिएका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...