इरानमाथिको सैन्य हमला स्थगित, ट्रम्पले भने– ‘सम्झौताको प्रारम्भिक ढाँचा तयार भयो’

१७ साउन, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारी गरिएको ठूलो सैन्य हमला तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। इरान र मध्यपूर्वका अन्य देशहरूको आग्रह तथा दुवै पक्षबीच सम्झौताको प्रारम्भिक ढाँचामा सहमति बनेपछि हमला रोक्ने निर्णय गरिएको ट्रम्पले बताएका हुन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धपछिकै ठूलो सैन्य शक्तिसहित इरानमाथि आक्रमण गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै कूटनीतिक सहमतिलाई प्राथमिकता दिँदै हमला स्थगित गरिएको बताएका छन्।

ट्रम्पका अनुसार इरान र मध्यपूर्वका अन्य देशहरूले सम्भावित आक्रमण रोक्न आग्रह गरेका थिए। उनले सम्झौताको प्रारम्भिक ढाँचामा होर्मुज स्ट्रेट तत्काल र पूर्ण रूपमा खोल्ने तथा इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश रहेको दाबी गरेका छन्।

उनले छिट्टै अन्तिम सम्झौता हुने अपेक्षासहित सैन्य हमला रद्द गरिएको उल्लेख गर्दै यस निर्णयमा इजरायल पनि अमेरिकासँगै रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोनमार्फत वार्ता गर्दै सम्भावित ठूलो सैन्य हमला रोक्न र संयम अपनाउन विशेष आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...