‘एउटा फाइल गलत गरेको प्रमाणित भए राजनीति त्याग्छु’ : जगदीश खरेल

२८ वैशाख, काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले उक्त प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति नै छाड्न तयार रहेको बताएका हुन् ।

खरेलले आफूलाई जोडेर प्रकाशित समाचारहरू भ्रामक, आधारहीन र नियोजित भएको दाबी गरे । उनले आफ्नो र पार्टीको छवि बिगार्ने उद्देश्यले यस्ता समाचार फैलाइएको आरोप लगाए ।

उनले सञ्चारमन्त्री रहँदा स्मार्ट टेलिकमका प्रतिनिधिसँग एक पटक पनि बैठक नगरेको स्पष्ट पारे ।

‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर स्विजरल्याण्ड भागेको भन्ने समाचार अत्यन्तै निरर्थक र घटिया छ,’ उनले संसद्मा भने ।

समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठासँगै संसद्को सम्मानमा समेत चोट पुर्‍याएको उनको भनाइ थियो । उनले उक्त विषय संसद्को अभिलेखमा राख्न चाहेको पनि बताए ।

खरेलले चुनौती दिँदै स्मार्ट टेलिकम प्रकरणमा आफूले एउटा बैठक वा एउटा फाइलमा मात्रै गलत काम गरेको प्रमाणित भए सम्पूर्ण राजनीतिक जीवनबाट सधैंका लागि अलग हुने घोषणा गरे ।

उनले गलत मनसायका साथ आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउने गरी समाचार प्रकाशित गरिएको भन्दै त्यसको कडा विरोध जनाएका छन् । साथै, उनले प्रेस काउन्सिललाई तत्काल आवश्यक कारबाही अघि बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...