एमालेको समीक्षा बैठक बोलाउन भण्डारीको ओलीलाई सुझाव

२८ वैशाख, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक छलफल गरेकी छन् ।

स्रोतका अनुसार भण्डारी आइतबार दिउँसो १ बजे गुन्डु पुगेर ओलीसँग दुई घण्टाभन्दा बढी समय सम्वादमा बसेकी थिइन् । स्वास्थ्य अवस्था बुझ्न पुगेकी उनले एमालेको आन्तरिक राजनीतिबारे पनि सुझाव दिएको बताइएको छ ।

भण्डारी निकट स्रोतका अनुसार उनले पार्टीभित्र पदाधिकारीदेखि कार्यकर्तासम्मले निर्वाचन समीक्षा बैठकको माग गरिरहेको भए पनि हालसम्म बैठक नबोलाइएको विषय उठाएकी थिइन् । उनले समीक्षा बैठक गर्न ढिलाइ नगर्न ओलीलाई सुझाव दिएकी बताइएको छ ।

‘कार्यकर्तामा निराशा बढ्दै गएको छ, धेरै समय अन्योलमा राख्नु हुँदैन,’ भन्दै भण्डारीले बैठक चाँडै बोलाउन आग्रह गरेको स्रोतको भनाइ छ ।

एमालेभित्र ओलीले नेतृत्व छोड्नुपर्ने आवाज उठिरहेको प्रसंग पनि उनले उल्लेख गरेकी थिइन् । तर उनले तत्काल नेतृत्व परिवर्तनभन्दा पहिले पार्टी बैठक राखेर छलफल अघि बढाउन सुझाव दिएको बताइएको छ ।

ओलीले भने परिस्थिति नमिलेकाले बैठक बस्न ढिलाइ भएको जवाफ दिएका थिए । उनले अन्य नेतासँग पनि यस्तै धारणा राख्दै आएको बताइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा एमालेले अपेक्षाकृत कमजोर नतिजा बेहोरेपछि ओलीमाथि नेतृत्व छोड्न दबाब बढ्दै गएको छ । यसबीच पूर्वराष्ट्रपति भण्डारीले लगातार ओलीसँग भेट गर्दै पार्टीको आन्तरिक अवस्थाबारे चासो व्यक्त गरिरहेकी छन् ।

२१ फागुनमा भएको निर्वाचनपछि भण्डारीले ओलीलाई भेटेको यो चौथो पटक हो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...