एमाले महाधिवेशनको मतदानमा ढिलो हुन सक्ने अनुमान, अपरान्ह ४ बजेपछि सुरु हुने सम्भावना

१ पुष, काठमाडौं — काठमाडौंमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान तोकिएको समयभन्दा ढिलो हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले मतदानको समय मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरे पनि विद्युतीय मतदान मेसिनमा उम्मेदवारहरूको फोटोसहितको नामावली तयार गर्न ढिलाइ भएकाले मतदान समयमै सुरु हुन नसक्ने भएको प्राविधिकहरूले बताएका छन् ।

भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालका अनुसार अन्तिम नामावली राति १ बजे मात्रै प्राप्त भएको थियो । ‘अहिले उम्मेदवारहरूको फोटो मिलाउने काम भइरहेको छ, मतदान सुरु हुन सम्भवतः अपरान्ह ४ बज्न सक्छ,’ उनले बताए ।

उनका अनुसार उम्मेदवारको संख्या धेरै भएकाले एक मतदाताले मतदान गर्न कम्तीमा ३० देखि ३५ मिनेट समय लाग्नेछ ।

यसअघि निर्वाचन आयोगले आजै दिउँसो १२ बजेदेखि मतदान सुरु हुने कार्यतालिका सार्वजनिक गरेको थियो । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...