कार्की आयोग प्रतिवेदनबारे आज कांग्रेसको निर्णायक छलफल

२ वैशाख, काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी सभापति गगन थापाको अध्यक्षतामा सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो सवा दुई बजेबाट बैठक सुरु भएको हो।

यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो, जसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ। उनलाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ।

आजकै कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि अध्ययन गरेर तयार पारेको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार पार्न खनालको नेतृत्वमा समिति गठन गरेको थियो।

उक्त अध्ययन प्रतिवेदनका आधारमा कांग्रेसले कार्की आयोगको प्रतिवेदनप्रति आफ्नो आधिकारिक धारणा तय गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...