कुल १४ ‘८ हजारमाथिका’ हिमाल भएको दाबी, तर अन्तर्राष्ट्रिय मान्यता अझै बाँकी

२३ मंसिर, काठमाडौं — विश्वभर ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन्, जसमा आठ वटा नेपालमा पर्छन्। सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपुर्ण नेपालस्थित ८ हजारमाथिका हिमाल हुन्। बाँकी ६ हिमाल पाकिस्तान र चीनको तिब्बत क्षेत्रमा अवस्थित छन्— पाकिस्तानमा केटु, नंगा पर्वत, ग्यासहर्ब्रम–१, ब्राड–पिक, ग्यासहर्ब्रम–२ र तिब्बततर्फ सिसापाङ्मा।

तर पछिल्ला वर्ष नेपालले परम्परागत आठवटाको सूचि थप विस्तार गर्दै ८ हजार मिटरमाथिका ६ नयाँ चुचुरो पहिचान गरी आधिकारिक सूचीमा राखेको छ। करिब १० महिनाअघि पर्यटन विभागले यी नयाँ शिखरहरूलाई पिक–प्रोफाइलमा समावेश गर्दै सरकारी मान्यता दिएको हो।

यी ६ नयाँ शिखरलाई अन्तर्राष्ट्रिय मान्यता भने अझै प्राप्त भएको छैन। नयाँ पहिचान गरिएका हिमालमध्ये खुम्बु क्षेत्रमा ल्होत्से श्रृंखलाका दुई प्रमुख सहायक शिखर— ल्होत्से सार (८,४०० मि.) र ल्होत्से सेन्टर (८,४१० मि.) परेका छन्। त्यसैगरी ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा चार नयाँ चुचुरा पहिचान भएका छन्— कञ्चनजंघा सेन्टर (८,४७३ मि.), कञ्चनजंघा साउथ (८,४७६ मि.), यालुङखाङ (८,५०५ मि.) र यालुङखाङ वेस्ट (८,०७७ मि.)।

यी सबै चुचुरो ८ हजार मिटरभन्दा अग्ला भएकाले नेपालले अब १४ वटा ८ हजारमाथिका हिमाल भएको देश भएको दाबी गर्दै आएको छ। यद्यपि यी सबै शिखरहरू सहायक पर्वतका रूपमा वर्गीकृत छन्।

यी हिमाल पहिचान भएपछि नेपाल पर्वतारोहण संघले यसको विस्तृत अध्ययन गर्न विशेष टोली गठन गरेको थियो। टोलीले प्राविधिक मूल्यांकन, जीआईएस डाटाको संकलन र सम्भावित आरोहण मार्गको अध्ययन गरिरहेको संघका अध्यक्ष फुर गेल्जे शेर्पाले बताए। उनका अनुसार नेपालले यी हिमाललाई आधिकारिक सूचीमा राखिसकेको छ, अब अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा संघ सक्रिय छ र छिट्टै मन्त्रालयसँग छलफल हुनेछ।

पहिले नेपाल सरकारले नै यी शिखरलाई पूर्ण रूपमा मान्यता दिनुपर्ने र त्यसपछि मात्र अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) ले आधिकारिक स्वीकृति दिने शेर्पाले बताए। यूआईएएबाट मान्यता पाएपछि मात्र नेपाल १४ वटा ८ हजार मिटरमाथिका हिमाल भएको देशका रूपमा विश्वस्तरमा औपचारिक रूपमा मानिनेछ।

यूआईएए विश्वका ७३ देशका ९४ वटा अल्पाइन तथा पर्वतारोहण संस्थाको मान्यताप्राप्त महासंघ हो। यही संस्थाले सन् २०२६ को अक्टोबर २५–२६ मा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ। पर्वतीय पर्यटन व्यवसायीहरूका अनुसार यही अवसर उपयोग गर्दै नेपालले नयाँ ६ शिखरको अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।

यी हिमाललाई आधिकारिक मान्यता पाएपछि आरोहण पर्यटनमा नयाँ आकर्षण बढ्ने, कठिन चुनौती खोज्ने आरोही बढ्ने र पर्यटन आयमा उल्लेखनीय वृद्धि हुने व्यवसायीहरूको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...