‘जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्छ भन्ने परम्परा हुन सक्छ’: आचार्य

३१ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित नभएको विषयमा बचाउ गरेका छन्।

विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग गर्दै आएका छन्।

तर बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले प्रधानमन्त्री नआएको विषयलाई परम्पराको निरन्तरताको क्रमभंगता भएको टिप्पणी गरे।

उनले भने, “कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रमभंगता हो भन्ने लाग्न सक्छ।”

गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही नीति तथा कार्यक्रममाथि बिहीबार प्रतिनिधिसभामा छलफल भएको हो।

नीति तथा कार्यक्रममाथि ३५ वटा विरोधका सूचना दर्ता भएका थिए। विरोधको सूचना दिने सांसदहरूले बैठकमा आफ्ना धारणा र तर्क प्रस्तुत गरेका छन्।

छलफलका क्रममा विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने अडान दोहोर्‍याएका थिए।

तर, रास्वपाका सहमहामन्त्री आचार्यले प्रधानमन्त्री उपस्थित नहुनुलाई परम्पराको निरन्तरतामा आएको परिवर्तनका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...