टिकटकमार्फत चर्चित तुल्सा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो

१७ जेठ, काठमाडौं — ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी टिकटकमार्फत चर्चित तुल्सा अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

ललितपुर प्रहरीका अनुसार इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएपछि अधिकारी थाइल्यान्डमा पक्राउ परेकी हुन्। पछिल्लो समय उनी चीनमा बस्दै आएकी थिइन् भने त्यहाँबाट थाइल्यान्ड पुगेपछि पक्राउ गरिएको बताइएको छ।

प्रहरीले उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने तयारी गरेको छ।

अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँभन्दा बढी ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो। अनुसन्धानका क्रममा ठूलो रकमको कारोबार फेला परेपछि सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान विस्तार गरिएको थियो।

उनीविरुद्ध गत साउनमै प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी उजुरी परेको थियो। सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले जाहेरी दिएपछि अनुसन्धान सुरु भएको थियो। त्यसक्रममा अधिकारी फरार भएपछि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...