तुइन खोला क्षेत्रमा पहिरोले गर्दा यातायात प्रभावित

२० वैशाख, काठमाडौं — नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा यातायातमा असर परेको छ।

तुइन खोला र पानीधार क्षेत्र नजिकै ढुङ्गासहितको पहिरो खसेपछि सडक आंशिक रूपमा अवरुद्ध भएको हो।

बिहान करिब ५:४५ बजे पहिरो खसेपछि अहिले उक्त सडकमा एकतर्फी रूपमा मात्रै सवारी साधन सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन्।

उनका अनुसार पहिरो हटाउनका लागि भरतपुरस्थित डिभिजन सडक कार्यालयबाट डोजर बोलाइएको छ। पहिरो खसेको स्थान मुग्लिनबाट नारायणगढतर्फ करिब पाँच किलोमिटर टाढा पर्छ।

पानीधार क्षेत्रमा भने सडकमा खसेका ढुङ्गा हटाइसकिएको र त्यहाँ अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...