निर्वाचन नजिकिँदै गर्दा सरकारको स्पष्ट सन्देश: सबै उल्झन हटाइन्छ

११ पुस, काठमाडौं — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सरकारले सबै प्रकारका अवरोध र जटिलता हटाउने प्रतिबद्धता जनाएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुस्थित निवासमा करिब दुई घण्टा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचन अनुकूल वातावरण निर्माण गर्न सरकार सक्रिय रूपमा अघि बढ्ने स्पष्ट पारे।

निर्वाचनको मिति नजिकिँदै गर्दा पनि सरकारले आफ्नो दायरा नछोडेको भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्तिबारे सञ्चारकर्मीले प्रश्न गर्दा, त्यसको जवाफ दिँदै प्रवक्ता खरेलले निर्वाचनलाई उत्सव र महायज्ञको संज्ञा दिए।

उनले भने, “निर्वाचन एउटा महोत्सव हो, महायज्ञ हो। यस लक्ष्यतर्फ अघि बढ्दा केही चुनौती र अवरोध देखिएका छन्। ती सहज बनाउँदै निर्वाचनको गन्तव्यसम्म पुग्ने वातावरण सरकार स्वयंले निर्माण गर्छ र त्यस दिशामा अघि बढ्छ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...