पोखरा विमानस्थल प्रकरण: पाँच मन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा, अल्जाइमर्स पीडित डा. महत र निधन भएका बोगटीसमेत प्रतिवादी

२१ मंसिर, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा तत्कालीन पाँच मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा विपक्षी बनाइएका मन्त्रीहरूमा डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य छन्। मुद्दामा तत्कालीन १० सचिवसहित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेत प्रतिवादी छन्।

सरसापट करिब आठ अर्ब रूपैयाँ माग गरिएको मुद्दामा १२ वर्षअघि निधन भएका तत्कालीन मन्त्री पोस्टबहादुर बोगटीलाई समेत प्रतिवादी बनाइएको छ। बोगटीको २०७१ भदौ ३० गते हृदयघातका कारण मृत्यु भएको थियो।

कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत पनि प्रतिवादी सूचीमा छन्। नेपालको अर्थनीति रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका महतलाई अघिल्लो समयमा विदेशी बैंक खाताको आरोप लागे पनि छानबिनबाट सफाइ पाएका थिए। पछिल्लो समय ‘अल्जाइमर्स’ रोगका कारण सक्रिय राजनीतिबाट टाढा रहेका महत अहिले स्मरणशक्ति गुमाउँदै विश्राममा छन्।

यसैगरी, ०७९ सालमा पहिलो संविधानसभा विघटनपछि बनेको चुनावी सरकारका मन्त्री रामकुमार श्रेष्ठ, ओली सरकारले पर्यटनमन्त्री बनाएका भीम आचार्य र झलनाथ खनाल अध्यक्ष हुँदा सचिवालय सदस्य रहेका दीपक अमात्य समेत पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा तानिएका छन्।

आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको मुद्दामा पूर्वमन्त्री, सचिव, परियोजना प्रमुखदेखि हालका नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाइएको छ। निर्माणकर्ता चिनियाँ कम्पनीलाई पनि विपक्षी बनाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...