प्रतिनिधिसभा चुनाव : डडेलधुरा कांग्रेसबाट देउवाको एकल सिफारिस

२५ मंसिर, काठमाडौं — नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल रूपमा सिफारिस गरेको छ।
डडेलधुरा कांग्रेसको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य (प्रत्यक्ष) का उम्मेदवारका रूपमा देउवाको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसैगरी, समानुपातिक तर्फ नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभा तर्फ भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरिएको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिए।

सभापति देउवा डडेलधुराबाट आठौँ पटक प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न तयारी अवस्थामा छन्।
यसअघि उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा डडेलधुराबाटै लगातार विजय हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...