प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले लगातार प्रश्न उठाउँदै आएका छन्, जसका कारण सोमबार पनि प्रतिनिधिसभाको बैठक प्रभावित भयो।

सदन १५ मिनेटका लागि स्थगित भएपछि सभामुखको पहलमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको थियो। छलफलका क्रममा रास्वपाका नेताहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउने विषयमा पहल गर्ने बताएका हुन्।

प्रतिनिधिसभा नियमावलीअनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था छ। प्रधानमन्त्री बालेन्द्र शाहले यो व्यवस्था कार्यान्वयन नगरेको भन्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्।

छलफलमा प्रधानमन्त्रीबाट संसद्मा सम्बोधन गराउने विषयमा सहमति खोजिएको नेताहरूले बताएका छन्। रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको सम्बोधनको मिति घोषणा गर्ने तयारी भइरहेको बताएका छन्।

प्रधानमन्त्रीका तर्फबाट सम्बोधनको प्रतिबद्धता आउने र त्यसपछि विपक्षीले संसद्को अवरोध हटाउने सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...