प्रधानमन्त्री बालेनको जिम्मेवारी पनि अर्थमन्त्री वाग्लेलाई

४ असार, काठमाडौं — प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन्।

आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको हो।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हालिरहेका छन्। त्यसैले उक्त मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने थियो। तर, त्यसको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने भएका छन्।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले दिने भएका छन्।

कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नको जवाफ पनि आजै दिनेछन्।

यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले नै संसद्मा जवाफ दिएका थिए। यसपटक बजेटमाथिको छलफलमा पनि प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...