प्रधानमन्त्री र आयोगप्रति ओलीको आक्रोश: भन्छन, ‘जाँचैविना नतिजा निकालियो’

७ पुस, काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगमा बयान दिन अस्वीकार गर्ने अडान दोहोर्‍याएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न मा अन्तर्वार्ताका क्रममा उनले यस विषयमा आफू पहिल्यैदेखि स्पष्ट रहेको र निर्णयमा अडिग रहेको बताएका हुन्।

प्रधानमन्त्री र आयोगका अध्यक्षले छानबिन सुरु हुनुअघि नै निष्कर्ष सार्वजनिक गरिसकेकाले बयान दिनुको कुनै औचित्य नरहेको ओलीको भनाइ छ। ‘आयोगले छानबिन गर्छ तर नतिजा सार्वजनिक गर्दैन भनिन्छ, तर मेरो नाम नै लिएर अहिलेका प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाइसक्नुभएको छ,’ उनले भने, ‘पहिले नै परिणाम तय भइसकेपछि मैले कुन आधारमा विश्वास गरेर बयान दिनु ? जाँचै नगरी निर्णय गरिसकिएको अवस्थामा म किन आयोगमा जानु ?’

बया ७ पुस, काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगमा बयान दिन अस्वीकार गर्ने अडान दोहोर्‍याएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न मा अन्तर्वार्ताका क्रममा उनले यस विषयमा आफू पहिल्यैदेखि स्पष्ट रहेको र निर्णयमा अडिग रहेको बताएका हुन्।

प्रधानमन्त्री र आयोगका अध्यक्षले छानबिन सुरु हुनुअघि नै निष्कर्ष सार्वजनिक गरिसकेकाले बयान दिनुको कुनै औचित्य नरहेको ओलीको भनाइ छ। ‘आयोगले छानबिन गर्छ तर नतिजा सार्वजनिक गर्दैन भनिन्छ, तर मेरो नाम नै लिएर अहिलेका प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाइसक्नुभएको छ,’ उनले भने न नदिएको भन्दै कडा कारबाही गर्न चाहे त्यसका लागि पनि आफू तयार रहेको ओलीले चुनौती दिए। ‘बयान दिन नमानेको भनेर गोली ठोके पनि हुन्छ। यत्रो कसुर गरेको मानिन्छ भने आजीवन थुनिदिए पनि हुन्छ,’ उनले व्यङ्ग्यात्मक शैलीमा भने।

आयोगका अधिकारीहरू घरमै आएमा सम्मानपूर्वक स्वागत गर्ने समेत ओलीले बताए। ‘घर आउनुभयो भने चिया खुवाएर सम्मानसाथ स्वागत गर्छु, कुरा गरेर पठाउँछु,’ उनले भने।

आवश्यक परे आफू काठमाडौं उपत्यकाबाहिर पनि जाने स्पष्ट पार्दै ओलीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न कसैसँग अनुमति लिनु नपर्ने बताए। ‘म बाहिर जानुपर्‍यो भने जान्छु। काभ्रे, रामेछाप, पर्वत वा आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लड्छु। निर्वाचनमा आउनु भनेर बोलाउने अनि जान नपाइने भन्ने कस्तो कुरा हो ?’ उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...