फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

११ असार, काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ।

फिफाले बुधबार एन्फाका महासचिव किरण राईलाई इमेलमार्फत पत्र पठाएर निलम्बनबारे जानकारी गराएको हो।

फिफाले निलम्बनको निर्णयसँगै त्यसका कारणहरू पनि उल्लेख गरेको छ। पत्रमा एन्फाको मामिलामा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको र सदस्य संघका रूपमा पूरा गर्नुपर्ने दायित्वको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालिएको उल्लेख छ।

फिफाका अनुसार यस्ता परिस्थितिहरू फिफा विधानको धारा १४ को उपधारा १(आई) र ३ तथा धारा १६(१) विपरीत भएकाले फिफा काउन्सिल ब्युरोले जुन २४, २०२६ मा एन्फालाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको हो।

फिफाले निलम्बन फुकुवाका लागि केही सर्त पनि अघि सारेको छ।

त्यसअनुसार राष्ट्रिय खेलकुद परिषदले २५ मार्च २०२६ मा गरेको निर्णय बिना कुनै सर्त पूर्ण रूपमा फिर्ता लिनुपर्ने र हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने उल्लेख गरिएको छ।

राष्ट्रिय खेलकुद परिषदले २५ मार्चमा एन्फालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

यस्तै, एन्फाले आफ्नो विधान र नियमावलीअनुसार सुरु भइसकेको निर्वाचन प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न पाउनुपर्ने शर्त पनि फिफाले राखेको छ।

फिफाको निलम्बनसँगै एन्फाले अर्को सूचना नआएसम्म फिफा सदस्यका रूपमा प्राप्त सबै अधिकार गुमाउनेछ।

यसको प्रभावस्वरूप एन्फाको प्रतिनिधि टोली तथा नेपाली क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...