बाघ संरक्षणमा उपलब्धि, तर वृद्धिदरमा गिरावट

१३ साउन, काठमाडौं — नेपालमा पाटेबाघको संख्या बढेर ४२९ पुगेको छ। सन् २०८२ (वि.सं.) मा गरिएको राष्ट्रिय गणनाअनुसार बाघको संख्या अघिल्लो गणनाको तुलनामा ३५५ बाट बढेर ४२९ पुगेको हो।

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको हो।

गणनाअनुसार पछिल्लो चार वर्षमा देशभर ७४ वटा बाघ थपिएका छन्। हाल चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५० वटा बाघ रहेका छन्।

यसअघि २०७८ सालको गणनामा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ दर्ता भएका थिए।

यसपटकको गणनामा चितवनमा १७, बाँकेमा २६, पर्सामा ३० र शुक्लाफाँटामा १४ वटा बाघ थपिएका छन्। तर बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको देखिएको छ।

नेपालमा २०७४ सालको गणनामा २३५ वटा बाघ रहेका थिए। त्यसपछि २०७८ सालसम्म बाघको संख्या १२० ले बढेर ३५५ पुगेको थियो। तर पछिल्लो गणनाले बाघको संख्या बढे पनि वृद्धिदर भने घटेको देखाएको छ।

अघिल्लो गणनामा बाघको वृद्धिदर करिब ५१ प्रतिशत रहेको थियो भने यसपटक त्यो घटेर २१ प्रतिशतमा सीमित भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अत्याधुनिक क्यामरा ट्र्यापिङ प्रविधिको प्रयोग गरेर बाघको गणना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...