बालेन शाहविरुद्ध अपमानजनक भिडियो बनाउने युट्युबर पक्राउ

२९ चैत, काठमाडौं — युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसहित अन्य नेताहरूलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेल रहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमा प्रकाशित सामग्रीको आधारमा उनलाई पक्राउ गरिएको हो। हाल उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरेर साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...