मन्त्रिपरिषद्को बैठक: कार्बन व्यापारदेखि उत्खनन स्वीकृतिसम्मका निर्णय

१६ मंसिर, काठमाडौं−   सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको जानकारी मंगलवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्।

उक्त निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पारित गरिएको हो। साथै, सरकारका प्रवक्ताका अनुसार सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ पनि स्वीकृत गरेको छ।

उनका जानकारीअनुसार २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षति मूल्याङ्कन गर्न तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठन गरिएको समितिको कार्यावधि थप ३० दिन पुर्‍याउने निर्णय पनि भएको छ।

त्यस्तै, भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरिएको छ। नेपाली सेनाका तीन सहायक रथीको पदावधि थप गर्न र एक महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

यससँगै सरकारका अन्य निर्णयहरू यसप्रकार छन् :

  • भदौ २३ र २४ को जेन–जी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषित व्यक्तिका परिवारलाई गृह मन्त्रालयमार्फत फोटोसहितको परिचयपत्र वितरण गर्ने र प्रत्येक वर्ष भदौ ২৩ गतेलाई जेन–जी शहीद दिवसका रूपमा मनाउने।
  • राष्ट्रिय आर्थिक गणना सञ्चालनका मापदण्ड, २०८२ स्वीकृत गर्ने।
  • आन्दोलनका क्रममा भएको सम्पत्ति र संरचना क्षति मूल्याङ्कन तथा पुनर्निर्माण योजना तयार गर्ने समितिको कार्यावधि ३० दिन बढाउने।
  • कर्मचारी सञ्चय कोषका सञ्चालक समितिको अध्यक्षमा भूपाल बरालको नियुक्ति।
  • पाँच लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तु खरीद–बिक्री वा कारोबार अनिवार्य रूपमा वित्तीय संस्था वा बैड्रिड उपकरणमार्फत गर्नुपर्ने प्रावधान निर्धारण।
  • भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारतबीच पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको पाँचौँ बैठकमा सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति
  • सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनका अनुसूची–१ मा हेरफेर गर्ने।
  • नेपाल विशेष सेवा (२०औँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।
  • श्रीलङ्कामा बाढी तथा पहिरोबाट भएको ठूलो क्षतिमा नेपाल सरकारद्वारा दुई लाख अमेरिकी डलर सहयोग
  • गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको अनुदानमा बन्ने भएकाले बुङ्गा, गिट्टी, बालुवामा लाग्ने दस्तुर छुट, तथा सडकको मध्यविन्दुबाट १० किमीभित्र लाङ्टाङ राष्ट्रिय निकुञ्जको २० हजार वर्गमिटर क्षेत्र अस्थायी प्रयोग स्वीकृति
  • नेपाली सेनाका तीन सहायक रथीको पदावधि थप तथा एक महासेनानीको राजीनामा स्वीकृत।
  • विभिन्न कम्पनीहरूलाई राष्ट्रिय वन क्षेत्रमा उत्खनन कार्यका लागि जग्गा प्रयोग स्वीकृति:
    • शक्ति मिनिरल्स प्रा.लि. – पाल्पा (२१.४१ हे.)
    • विशक्ति होल्डिङ्गस – चितवन (२०.१४ हे.)
    • रिद्धि सिद्धि सिमेन्ट – मकवानपुर (२१.६३ हे.)
    • बाबा माइन्स एन्ड मिनिरल्स – मकवानपुर (४.९९ हे.)
    • बिग प्लस मिनिरल्स – मकवानपुर (४.४८ हे.)
    • के.के. लाइम्स एन्ड इन्डस्ट्रिज – उदयपुर (२ हे.)
    • अन्नपूर्ण मिनिरल्स – मकवानपुर (४.९६ हे.)
  • विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिवमा प्रा. ज्ञानबहादुर थापाको नियुक्ति
  • लुम्बिनी विकास परिषद्का सदस्य–सचिवमा ई. दिपक श्रेष्ठको मनोनयन।
  • लिखु गाउँपालिका, नुवाकोटको केन्द्र वडा ३ भलाद्मीडाँडाबाट वडा ४ गड्खारमा सार्ने निर्णय।
  • प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमार शर्मा आचार्यको नियुक्ति।
  • भारतमा आयोजना हुने डब्ल्युएचओ कार्यक्रम–२०२५–२०३४ रणनीति कार्यान्वयनसम्बन्धी उच्चस्तरीय संवादमा स्वास्थ्य मन्त्रीको सहभागिता स्वीकृत
  • स्वास्थ्य मन्त्रालयअन्तर्गतका १५ निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पूर्वस्वीकृति
  • कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरिएको पुनः पुष्टि।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतम उमेर हदका कारण अवकाश, र सरकारले उनको योगदानप्रति धन्यवाद प्रकट।
  • वैकुण्ठप्रसाद अर्याललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...