महत्वपूर्ण सडक परियोजना सञ्चालनको नजिक

४ वैशाख, काठमाडौं — सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत पुगेको छ।

सुरुङ ‘ब्रेकथ्रु’ सम्पन्न भएपछि संरचना निर्माणको कामले तीव्र गति लिएको आयोजना प्रमुख नवराज बास्तोलाले जानकारी दिएका छन्। उनका अनुसार हाल सुरुङभित्र भुइँ ढलान, भित्तो लेपनलगायतका आन्तरिक कामहरू सम्पन्न भइसकेका छन् भने तीनवटै वैकल्पिक मार्ग (बाइपास) मा एकैसाथ काम भइरहेको छ।

सुरुङको भित्री पर्खालको मजबुतीकरण (लाइनिङ) सम्बन्धी काममध्ये १,५२० मिटर सम्पन्न भइसकेको छ। साथै, भुइँ ढलान (इन्भर्ट) को काम सकिएको छ र दुबै किनारमा पानी बग्ने नालीको आधार संरचना निर्माण गरिएको छ।

सुरुङभित्रको सडक निर्माण कार्य आगामी साउन महिनाको अन्त्यसम्म सक्ने लक्ष्य राखिएको छ। बाहिरी संरचनाहरू पूरा गरी आगामी दसैँसम्म सवारी सञ्चालन गर्न मिल्ने बनाउने योजना रहेको आयोजनाले जनाएको छ।

यस परियोजनाको निर्माणका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा २०८३ चैतसम्म काम सम्पन्न गर्ने सम्झौता गरिएको हो। हाल दैनिक २५० भन्दा बढी कामदार निर्माण कार्यमा खटिएका छन्।

सुरुङ सञ्चालनका लागि आवश्यक निरीक्षण भवन बुटवल सडक कार्यालय परिसरभित्र निर्माण भइरहेको छ भने उत्तर र दक्षिण प्रवेशद्वारमा दुईवटा नियन्त्रण भवन पनि निर्माणाधीन छन्। ती भवनमार्फत सुरुङभित्रको गतिविधि—जस्तै दुर्घटना, प्रदूषण, ध्वनि र हावाको अवस्था—कम्प्युटर प्रणालीमार्फत निगरानी गरिनेछ।

सम्झौताअनुसार सुरुङ निर्माण सम्पन्न भएपछि सोही कम्पनीले पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मेवारी पनि लिनेछ। सुरक्षासम्बन्धी उपकरण, तार जडान, हावा सर्कुलेसन प्रणाली (भेन्टिलेसन) र आगलागी नियन्त्रणका सामग्रीमध्ये केही जडान भइसकेका छन् भने केही सामग्री केरुङ नाकामा आइपुगेका छन्। भन्सार प्रक्रिया छिटो बनाउन कूटनीतिक पहल भइरहेको जनाइएको छ।

परियोजनाअन्तर्गत सुरुङ बाहिर दोभान क्षेत्रतर्फ पहिरो नियन्त्रण तथा ढुङ्गा खस्न रोक्ने काम पनि गरिनेछ। यसका लागि करिब ४० मिटर उचाइमा ढुङ्गालाई टेका लगाउने र माथिबाट खस्ने ढुङ्गालाई जाली (रकनेट) प्रयोग गरी नियन्त्रण गर्ने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...