रास्वपाको नयाँ नियम: उम्मेदवारका लागि कडा योग्यता

२१ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी अनिवार्य रूपमा पूरा गरेको हुनुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ।

यसका लागि पार्टीले उम्मेदवार छनोटसम्बन्धी मस्यौदा तयार गरेको छ, जसलाई सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारेको हो। मस्यौदामा क्यान्डिडेट क्लबमा सहभागी हुन आवश्यक मापदण्ड र योग्यता स्पष्ट रूपमा उल्लेख गरिएको छ।

क्यान्डिडेट क्लबमा सहभागी हुन कम्तीमा २१ वर्ष उमेर पुगेको र सम्बन्धित स्थानीय तहको मतदाता सूचीमा नाम भएको हुनुपर्नेछ। साथै पार्टीले आफ्नो विधानअनुसार थप योग्यता पनि निर्धारण गरेको छ।

उम्मेदवार बन्न चाहने व्यक्तिमा सुशासन, पारदर्शिता र नागरिकप्रति जिम्मेवारीबोधजस्ता मूल्यप्रति स्पष्ट प्रतिबद्धता हुनुपर्ने उल्लेख गरिएको छ। साथै पार्टीको सिद्धान्त, विधान र मूल्य–मान्यताप्रति पूर्ण रूपमा समर्पित हुनुपर्नेछ।

रास्वपाबाट उम्मेदवार बन्नुअघि अन्य कुनै राजनीतिक दलको सदस्य नभएको वा भएमा विधिवत् रूपमा त्याग गरेको हुनुपर्ने व्यवस्था पनि राखिएको छ।

उम्मेदवारले परिणाममुखी काम गर्न सक्ने प्रतिबद्धता देखाउनुपर्ने र पार्टीको मूल्यांकन प्रणालीमा सहभागी हुन तयार हुनुपर्नेछ। साथै आवश्यक कागजात, जस्तै सम्पत्ति विवरण र प्रहरी चारित्रिक प्रमाणपत्र, माग भएमा उपलब्ध गराउनुपर्नेछ।

मस्यौदामा शैक्षिक योग्यता प्रमाणित हुनुपर्ने र पेश गरिएका विवरण सत्य भएको स्वघोषणा गर्नुपर्ने उल्लेख छ। त्यसैगरी वैवाहिक र पारिवारिक अवस्था कानुनी रूपमा स्पष्ट र विवादरहित भएको हुनुपर्नेछ।

घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, सार्वजनिक अमर्यादित व्यवहार वा डिजिटल अपराध (जस्तै साइबर बुलिङ, ठगी आदि) मा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।

यसका साथै अवैध आर्थिक गतिविधि, जस्तै मिटरब्याज, हुन्डी, सट्टेबाजी वा सहकारीको रकम दुरुपयोगमा संलग्न नभएको हुनुपर्नेछ।

उम्मेदवार बन्ने व्यक्तिको कुनै ठेक्कापट्टा, सार्वजनिक आपूर्ति वा विकास निर्माणसँग स्वार्थ बाझिने अवस्था भए–नभएको पनि स्पष्ट खुलाउनुपर्नेछ।

त्यसैगरी, अदालत वा अन्य निकायमा आफूमाथि कुनै फौजदारी, भ्रष्टाचार वा गम्भीर मुद्दा विचाराधीन भए–नभएको विवरण पनि अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...