पूर्व गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा भ्रष्टाचार अनुसन्धानको दायरामा

२५ मंसिर, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको जनाएको छ।
भिजिट भिसा प्रकरणमा विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन महानिर्देशक तिर्थराज भट्टराई, शान्ति–सुरक्षा महाशाखा प्रमुख छवि रिजाल लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने तथा बदनियतपूर्ण सेटिङमार्फत व्यक्तिलाई भिजिट भिसामा विदेश पठाएको आशंकामा अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।

आयोगका अनुसार गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, विभिन्न शाखा प्रमुख, गृहमन्त्रीका निजी तथा स्वकीय सचिव, गृहसचिवको सचिवालयका कर्मचारी लगायत अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ।
यससँगै, गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी र स्वकीय सचिव जनक भट्टमाथि पनि छानबिन भइरहेको आयोगले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँग अस्वाभाविक पहल, आपसी सम्बन्धका सूचक, तथा कल रेकर्डको विश्लेषणमा शंकास्पद क्रियाकलाप देखिएको भन्दै आयोगले विस्तृत अनुसन्धान गरिरहेको उल्लेख गरेको छ।

विशेष अदालतमा बुझाइएका विवरणमा भनिएको छ, ‘देहायअनुसारका फरक–फरक घटनाहरू, समय र संलग्न प्रतिवादीहरूका आधारमा पृथक अनुसन्धान भइरहेका छन्।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...