११ वैशाख, काठमाडौं — काठमाडौंको साँखु क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उक्त अपरेसनका क्रममा गोली चलाएको जानकारी आएको हो।
उनले भने, “लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाइएको भन्ने खबर आएको छ।”
हालसम्म कति राउन्ड गोली चलाइएको हो भन्नेबारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन। घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।



