शुक्लाफाँटामा बाघ संरक्षणको चुनौती: डमरूको मृत्यु

१८ पुस, काठमाडौं — कञ्चनपुरमा उद्धार ढिलाइ हुँदा नदीमा फसेको बाघको बच्चा (डमरू)को ज्यान गएको छ।

दोधारा चाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिक जोगबुढा नदीमा फसेको अवस्थामा रहेको डमरूको मृत्यु भएको हो। बुधबार बिहान नदीको हिलो र पानीमा फसेको अवस्थामा डमरू भेटिएको थियो।

स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जानकारी गराए पनि सम्बन्धित निकायबाट उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो छ। मृत्यु भएको डमरूको उमेर करिब दुई महिना रहेको जनाइएको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण डमरूको मृत्यु भएको आरोप लगाए। उनले डमरू नदीमा फसेको जानकारी पाएपछि आफू उद्धारका लागि घटनास्थल जान खोज्दा सशस्त्र प्रहरीले निकुञ्जका वार्डेनको अनुमति नभएको भन्दै रोकेको बताए। निकुञ्जले न आफू उद्धारमा सक्रियता देखाएको र न वन कार्यालयको टोलीलाई जान दिएको कारण डमरूको ज्यान गएको उनको दाबी छ।

तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले उद्धारमा ढिलाइ भएको भन्ने आरोप अस्वीकार गरेका छन्। उनका अनुसार दिउँसो करिब २ बजे डमरू नदीमा फसेको सूचना पाएपछि चिकित्सकसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो।

उनले बघिनी पनि वरपर रहेकोले माउले नै डमरू लिएर जान सक्छ भन्ने सम्भावनामा प्राविधिक टोलीले रेकी गर्दै प्रतीक्षा गरेको बताए। ‘उद्धार टोली नगएको भन्ने कुरा गलत हो। चिकित्सकसहितको टोली समयमै पुगेको थियो,’ चौधरीले भने, ‘माउ आसपास भएकाले बच्चा माउले नै लैजाओस् भनेर रातिसम्म कुरेर बसेका थियौँ, तर दुर्भाग्यवश डमरूको मृत्यु भयो।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हाल ४४ वटा बाघ संरक्षणमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...